झापा , साउन २४ । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । संसारभरी अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रूपमा मनाउँदै आएकोमा ‘पहिचानको आन्दोलन’ भइरहेको सो प्रदेशमा पहिलोपटक सार्वजनिक बिदा दिइएको हो । प्रदेश नामकरणको विषयलाई लिएर लामो समयदेखी आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिवासी तथा जनजाति दिवसमा बिदा दिइएको जनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरे पछि सो बिदाको जानकारी सर्वसाधारणले पाएका हुन् । प्रदेश सरकारले दिएको बिदा सङ्घीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले केही बिदाहरू आफू अनुसार गर्न पाउने अधिकार सङ्घीय सरकारले छुटाएको छ । सोही आधारमा कोशी प्रदेशले आज सार्वजनिक बिदा दिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्