झापा, साउन २५ । सुनसरीमा आफ्नै छोरीलाई विष खुवाउने कार्यमा संलग्न बाबु पक्राउ परेका छन् ।

सुनसरीको बर्जू गाउँपालिका-२ का अर्जुन कामत आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बुधबार पक्राउ परेका हुन् । प्रहरीका अनुसार २० वर्षीय छोरीलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । त्यसपछि बेहोस भएकी छोरीको कोशी अस्पतालको आईसियुमा उपचार भइरहेको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । पीडितलाई स्थानीयले उद्दार गरेर अस्पताल पुर्‍याएका थिए । मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि यस्तो कार्य गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्