एजेन्सी । अमेरिकाको हवाईमा डढेलो लाग्दा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ।

हवाईको मउई शहरसम्म डढेलो फैलिएपछि बस्तीका ५३ जनाको मृत्यु भएको हो । डढेलोसँगै सयौं घर जलेर नष्ट भएका छन् । तीव्र हावाका कारण लागेको डढेलो नियन्त्रण बाहिर गएपछि नियन्त्रणका लागि हजारौँ अग्नि नियन्त्रक र हेलिकप्टर परिचालन गरिएको भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन, जहाँ हजारौँ विस्थापित नागरिकलाई आश्रय दिइएको छ । डढेलोले हजारौँ हेक्टर जंगल जलेर नष्ट भएको छ । हाल हवाईमा आपतकाल लागू गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्