झापा, साउन २७ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले शर्मालाई थुनामा नराख्न आदेश दिएको हो । म्याद लिन पुगेको सरकारी वकिललाई न्यायाधीश दन्डपाणी शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएका हुन् । नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले शर्मालाई बिहीबार राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो । । पक्राउ परेका शर्मा बाहेक अन्य चिकित्सकहरुलाई भने ५ दिन हिरासतमा राख्न समय दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्