बिर्तामोड , साउन २७ । बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ ।

नगरपालिकाले आज वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय डेंगुको प्रकोप बढ्न थालेपछि यसको नियन्त्रणका लागि लामखुट्टे र लार्भा नष्ट गर्न विषादी स्प्रे गर्न सुरु गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईले जानकारी दिए ।

विषादी छर्न वडा नम्बर ५ मा ३ दिन लाग्ने जनाइएको छ । तालिका अनुसार सबै वडामा पुगेर तालिमप्राप्त प्राविधिकहरुले विषादी स्प्रे गर्ने नगरका स्वास्थ्य शाखा प्रमुख राजीवकृष्ण विष्टले जानकारी दिए ।विषादी स्प्रे गर्नका लागि २ जना व्यवस्थापक र १२ जना प्राविधिक गरि १४ जना खटिएका छन् ।

बिर्तामोडमा शुक्रबारसम्मको तथ्यांक अनुसार ९० जनामा डेंगु संक्रमण भएको नगरका सिनियर अहेब अधिकृत दिपक सापकोटाले जानकारी दिए ।डेंगुका कारण बिर्तामोड ५ मा २ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्