झापा , साउन २७ । पाँचथरको फिदिम नगरपालिका ११ मा स्कुटर दुर्घटनामा परी ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा फिदिम १ निवासी ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक मायादेवीका श्रीमान हेमकर्ण कार्की घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हेमकर्ण कार्कीले चलाएको प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटर शनिबार नाँगीनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भीरमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । चालक हेमकर्णको दाहिने खुट्टा भाँचिएको छ । सडकदेखि ५० मिटर तल खसेकी मायादेवीलाई पाँचथर अस्पतालमा उपचार गराउन ल्याइ पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते कार्कीको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्