झापा, साउन २७ । झापाको सदरमुकाम भद्रपुरमा खुल्ला युथ मिनी म्याराथन (महिला र पुरुष दौड) प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

प्रतियोगितामा पुरुषतर्फ राजन म्याङ्वो प्रथम,दिपेश तामाङ द्वितीय, सुदिप लुम्बा तृतीय र सन्तोष साउद चौथो भएका छन् ।

त्यस्तै महिलातर्फ सुस्मिता राई प्रथम, गीता श्रेष्ठ द्वितीय, जुनु राई तृतीय र मुना पोखरेल चौथो भएका छन् ।प्रथमलाई नगद १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई नगद ३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा परिषद्ले ‘दिगो विकास लक्ष्य, प्राप्तिमा युवाको साथः नवपर्वतन र उद्यमशीलतामा हरित सीप विकास’ भन्ने मूल नाराका साथ युथ मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको थियो ।

भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोकबाट शनिबार बिहान ८ बजे सुरु भएको दौड ज्ञानेचोक, आपगाँछी, झापाचोक, भानुचोक हुँदै नगरपालिका कार्यालयको मुख्य प्रवेशद्वार आएर टुंगिएको थियो। करिब ८ किलोमिटरको दौडमा महिला र पुरुष गरी एक सय जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्