झापा, साउन २८ । नेपाल टेलरिङ ब्यवसायी महासंघको राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ ।


काठमाडौंमा सम्पन्न महाधिवेशनले सदिश श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ मेरो टेलर्स काठमाडौका संचालक हुन् । यसरी नै महासचिव रमानाथ श्रेष्ठ , वरिष्ठ उपाध्यक्ष राजमान महर्जन चयन भएका छन् । त्यस्तैै सात उपाध्यक्षहरुमा एक जना पछि थप गर्नेगरी पूर्णमान महर्जन , हरिमाया परियार , सुदिप गणेश , सोम अछामी , धनबहादुर परियार , दिपक शिवा रहेका छन् ।यस्तै सचिव मिना गोपाली , सहसचिव अन्जान गौतम , कोषाध्यक्ष प्रताप परियार , सहकोषाध्यक्ष गणेशभक्त गोसाईलाई चयन गरिएको छ ।
यसैगरी सात प्रदेश संयोजकमा बागमतीमा धिरेन्द्रकार रंजित , गण्डकीमा बालकृष्ण परियार , लुम्बिनीमा राजु देवान , कर्णालीमा जुना सुनार चयन भएका छन् भने तीन प्रदेशका लागि पछि चयन गरिने जनाईएको छ ।
यसरी नै केन्द्रीय कार्यसमिति सदस्यमा वीरु दर्नाल , कपिलदेव सिंह , प्रेम परियार , अनु वैद्य , तेजेन्द्र परियार , गोपाल परियार , शम्भु राई , सुरेश मलेकार , कृष्णलक्ष्मी श्रेष्ठ , गुरुदत्त सुवेदी , प्रेमकृष्ण महर्जन , कमल छिनाल , मन्दिरा श्रेष्ठ , प्रकाश श्रेष्ठ , रमा महर्जन , युवराज दर्नाल चयन भएका छन् । विशिष्ट सदस्यमा सुरज बज्रचार्य , कमल शर्मा लामिछाने र दिनेश परियार चयन भएको झापा टेलरिङ ब्यवसायी संघका महासचिव सुवास त्रिखत्रीले जानकारी दिएका छन् ।

अधिवेशनको अध्यक्षता महासंघका अध्यक्ष गोपाल परियार तथा प्रमुख आतिथ्यता उपप्रधान मन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले गरेका थिए । कार्यक्रममा श्रेष्ठ टेलरिङ काठमाडौका संस्थापक बाबुकाजी श्रेष्ठलाई टेलरिङ ब्यवसायी राष्ट्रिय अभिनन्दन –२०८० द्वारा सम्मान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्