झापा, साउन २८ । आन्तरिक राजस्व विभागले अन्तःशुल्क नियमावली २०५९ मा भएको चौविसौँ संशोधनले २०८१ वैशाख १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पान मसला वा यस्तै प्रकारका बस्तु जैविक रूपमा सडेर जाने बस्तुमा मात्र प्याकिङ गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।

माथि उल्लेखित बस्तु पैठारी गर्ने इजाजतवालालाई सो नियम बमोजिमको तयारी थाल्न विभागले आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै विभागले २०८१ साल वैशाखदेखि यो नियम लागू हुने भएकोले सोही अनुसार तयारी थाल्न इजाजतवाला निकायलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्