एजेन्सी । चलचित्र खिचडी २ यस वर्षको दीपावलीको अवसरमा नोभेम्बर १२ मा रिलिज हुँदैछ ।

रिलिज मिति घोषणाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेर फिल्म निर्माताले यो जानकारी दिएका हुन् । यो चलचित्र २०१० मा आएको चलचित्र खिचडीः द मुभीको सिक्वेल हो । फिल्मका लेखक-निर्देशक आशिष कपाडिया हुन् र फिल्म ह्याट्स अफ प्रोडक्सनले निर्माण गरेको हो। लोकप्रिय सिटकम शोका सबै पात्रहरू भिडियोमा देखिएका छन् । घोषणा भिडियोमा हंसाले आफ्नै शैलीमा ठट्टा गरिरहेकी छिन् भने हिमांशुले आफू एनआरआई नभएर एमआरआईको कुरा गरिरहेको बताउँछन् । यस भिडियोमा फराह खान पनि देखिएकी छिन् । चलचित्रमा सुप्रिया पाठक फेरि हंसाको भूमिकामा देखिनेछिन् । त्यस्तै, राजीव मेहता प्रफुल र अंगद देसाई बाबुजीको भूमिकामा देखिनेछन् । जयश्रीको भूमिकामा वन्दना पाठक र परमिन्दरको भूमिकामा कीर्ति कुल्हारी देखिनेछन् । जसमा अभिनेता तथा निर्माता जमनादास मजेठिया हिमांशुको भूमिकामा देखिनेछन् । वन्दना सन् २०१० मा आएको फिल्म खिचडीः द मुभीमा देखिएकी थिइनन् । यो फिल्मबाट पारेख परिवार झण्डै दुई दशकपछि फेरि ठूलो पर्दामा देखिने भएको छ । खिचडी एक मात्र भारतीय शो हो जुन स्टेज प्लेको रूपमा सुरु भएको थियो र यस शोमा आधारित चलचित्र पनि बनाइएको छ । यो शोको ९८ एपिसोडहरू करिब २ वर्षदेखि टिभीमा आएका थिए । शो मुम्बईमा बस्ने गुजराती परिवारको जीवनमा आधारित छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्