झापा , साउन २८ । मोरङको बेलबारी-३ मा जलाउँदै गर्दा लोहन्द्रा खोलामा आएको बाढीले बगाएको वृद्धाको शव राति फेरी अन्त्येष्टि गरिएको छ ।
खोलाले बगाएको शव खोजतलास पछि सुन्दरहरैचा-१ को पूर्वपट्टि आधा भाग मात्र जलेको अवस्थामा भेटिएको र सोही शवलाई खोलाबाट निकालेर बेलबारी-१ स्थित अ्मना सिसौलि सामुदायिक बन र बेतना सामुदायिक बनको सिमानामा खाल्डो खनेर पुरिएको छ । शनिवार दिउँसो स्थानीय लोहन्द्रा खोलामा शव जलाउने क्रममा अचानक खोलामा आएको बाढीले शव बगाएको थियो । शनिबार दिउँसो बेलबारी नगरपालिका-३ का एक वृद्धाको मृत्यु भएपछि दाहसंस्कारका लागि लोहन्द्रा खोला लगेर चित्ता बनाई शवलाई दागबत्ती दिएर जलाउने क्रममा खोलामा आएको बाढीले शव बगाएपछि मलामीको समेत भागाभाग भएको थियो।