झापा , साउन २८ । झापाको शिवसताक्षी–८ डुडामारीस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा बस एकापसमा ठक्कर खाँदा एक दर्जनबढी यात्रु घाइते भएका छन् ।

बिहान ११ः२५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२२ नं को बसले बस स्टेन्डमा रोकी यात्रु झारिरहेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको प्र१–०२–००१ख ९२६२ नं को बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा दुबै बसमा सवार यात्रुहरु घाइते भएका छन् । घाईतेहरुलाई प्रारम्भिक उपचारको लागि स्थानीय पुनर्जीवन मेडिकल झिलझिलेमा लगिएकोमा त्यहाँबाट थप उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड रेफर गरिएको छ ।

घाइते हुनेहरुमा गौरादह–१ बस्ने बर्ष–४० की सिता राजबंशी(टाउकोमा चोट अवस्था मध्यम रहेको) ,ईलाम फिक्कल–११ बस्ने बर्ष–३६ का फुर्वा मोक्तान (अनुहारमा चोट अवस्था सामान्य रहेको ), गौरादह–३ बस्ने बर्ष ३५ की सुनिता कँडेल (अनुहारमा चोट अवस्था सामान्य रहेको), मोरङ सुन्दरहरैचा–३ बस्ने बर्ष–६२ की रिता कार्की (नाकमा चोट अवस्था सामान्य रहेको), शिवसताक्षी १ बस्ने बर्ष–८३ का लक्ष्मीप्रसाद अधिकारी (अनुहार र बायाँ हातमा चोट अवस्था सामान्य रहेको), कनकाई –३ बस्ने बर्ष–२१ की अञ्जली कार्की( दाहिने खुट्टामा चोट अवस्था सामान्य रहेको), कन्काई –४ बस्ने बर्ष–२१ की अबिसा कार्की( अनुहार खुट्टामा चोट अवस्था सामान्य रहेको ) , शिवसताक्षी –७ बस्ने बर्ष–२० की सेनुम खजुम( अनुहार र दाहिने हातमा चोट अवस्था सामान्य रहेको), शिवसताक्षी –८ बस्ने बर्ष–२७ की रन्जना थेगिम (हात र खुट्टामा चोट अवस्था सामान्य रहेको ) ,गौरादह –१ बस्ने बर्ष–३५ की प्रियंका चौधरी( टाउको र खुट्टामा चोट अवस्था सामान्य रहेको), कन्काई –५ बस्ने बर्ष–४० की सरिता थोलुङ( शरीरको बिभिन्न भागमा चोट अवस्था सामान्य रहेको), कन्काई –३ बस्ने बर्ष–१७ की नुमा लिम्वू ( ओठमा चोट अवस्था सामान्य ) रहेका छन् ।

प्र १–०१–००१ख ३४२२ नं को बस चालक मेचीनगर –७ काँकडभिट्टा बस्ने बर्ष–२८ का सरोज उराउ सामान्य घाइते भएका छन् भने प्र १–०२–००१ ख ९२६२ नं को बस चालक मोरङ उर्लावारी नपा– ६ बस्ने बर्ष–३० का रामेश्वर धामी पनि सामान्य घाइते छन् । दुवैलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्