भद्रपुर,साउन २८ । शिक्षक महासंघ भद्रपुर नगर समितिले प्रस्तावित शिक्षा ऐनले शिक्षक कर्मचारीका समस्या हल नहुने भन्दै संघीय शिक्षा मन्त्रालयलाई स्मरणपत्र पठाउँदै नगरपालिकामा धर्ना दिएको छ ।


महासंघका भद्रपुर नगर अध्यक्ष गणेश गिरीको नेतृत्वमा गएको शिक्षक कर्मचारीको टोलीले सरकारसंग विगतमा भएका सहमति स्मरण गराउँदै संघीय शिक्षा मन्त्रालयलाई पत्र पठाउँदै नगरपालिकामा ३ घण्टा धर्ना दिएको हो ।

विगतमा शिक्षक कर्मचारीका माग सम्बन्धमा सरकारले विभिन्न समयमा गरेका सहमति बिर्सिएर सरकारले शिक्षा ऐन जारी गर्न लागेकोमा महासंघ आन्दोलनमा उत्रनु परेको जानकारी गराउँदै अध्यक्ष गिरीले भद्रपुर नगर प्रमुख गणेश पोखरेल तथा उपप्रमुख राधा कार्कीलाई साक्षी राख्दै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमार्फत नेपाल सरकारलाई स्मरण पत्र बुझाइएको बताए ।

धर्नामा शिक्षक कर्मचारीसम्बद्ध विभिन्न पेशागत संघ संगठनले ऐक्यबद्धता जाहेर गर्दै शिक्षा ऐन परिमार्जन गरेर मात्र जारी हुनु पर्ने माग राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्