झापा, साउन २९ । झापाको बुद्धशान्तिमा एक ट्रयाक्टर अवैध काठसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ट्रयाक्टर चालक बुद्धशान्ति गाउँपालिका वडा नं.४ बस्ने २४ वर्षिय सविन विश्वकर्मा र ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने ३६ वर्षिय धनाहाङ लिम्बू रहेका छन् । आज साँझ ५.४० बजेको समयमा जिल्ला बुद्धशान्ति ६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनमा काठ चोरी निकासी हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे.१ त.६५३८ न.को ट्रयाक्टरमा सखुवा जातको गोलिया काठ १६ थान (५८.२२ क्यु फिट) लोड भएको अवस्थामा फेला पारी ट्रयाक्टर,ट्रयाक्टर चालक विश्वकर्मा र ट्रयाक्टरमा सवार लिम्बूलाई नियन्त्रणमा लिएको हो ।
दुवैलाई आवश्यक कार्बाहीको लागि डिभिजन वन कार्यालय भद्रपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।