बिर्तामोड , साउन २९ । चिकित्सकको लापरवाहीले विरामीको अबस्था गंभीर बनेको भन्दै आफन्तहरुले विवाद गरेपछि यतिबेला बिर्तामोडको मनमोहन हस्पिटलमा तनाव भएको छ ।

प्रसूति गराउन मनमोहन ल्याइएकी बिर्तामोड १ की २७ वर्षिया सिर्जना संग्रौलाको अबस्था गंभीर बनेको हो । आफन्तहरुले चिकित्सक एकराज गौतमको लापरवाहीका कारण आफ्ना बिरामीको अबस्था जटिल बनेको भन्दै आज साँझदेखि विवाद गरेका हुन् । बिरामी संग्रौलाको बिर्ता सिटी हस्पिटलको आइसियुमा उपचार भइरहेको छ । उनलाई साउन २७ गते बिहान ६.३५ बजे प्रसूति गराउन मनमोहन हस्पिटल ल्याइएको थियो । सोही दिन राति ९.१५ बजे मनमोहन हस्पिटलमा डेलिभरी गराई त्यहाँबाट बिर्तासिटी हस्पिटल रेफर गरिएको थियो ।

ब्लड प्रेसर बढेपछि र अबस्था गंभीर बनेपछि मनमोहनले बिर्तासिटी रेफर गरेको भन्दै आफन्तहरु आक्रोशित बनेका हुन् । अहिले अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । विवादलाई साम्य बनाउन छलफल भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्