एजेन्सी । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको मृत्यु भएको छ ।

जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको मृत्यु भएको छ । वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेको छ , जसका कारण धेरै मुख्य सडकहरू बन्द भएका छन् भने कयौँ घरहरु भत्किएका छन् । मण्डीका उपायुक्त अरिन्दम चौधरीले जिल्लाका विभिन्न ठाउँमा वर्षाका कारण कम्तीमा १९ जनाको ज्यान गएको र धेरैको शव निकालिएको बताए । शिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशङ्का छ । साउन महिना भएकाले दुर्घटना हुँदा मन्दिरमा भक्तजनको भीड लागेको थियो । शिमलामा दुई ठाउँमा पहिरो गएको र मन्दिर नजिकैको पहिरो तीमध्ये एउटा हो, शिमलामा भारी वर्षा भइरहेको अधिकारीहरूले बताएका छन् । मृतकको सङ्ख्या बढ्न सक्ने उनले बताए । शिमलाका प्रहरी उपरीक्षक सञ्जीव कुमार गान्धीले फागली क्षेत्रमा दोस्रो पहिरो गएको र त्यहाँको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको र १७ जनालाई उद्धार गरिएको बताए । शिमलामा पहिरोका दुई घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मुख्यमन्त्री सुखविन्द सिंह सुखुले समर हिल क्षेत्रमा रहेको शिव मन्दिर र फागली क्षेत्रमा अर्को ठाउँमा पहिरो खसेको र भग्नावशेषबाट ९ जनाको शव निकालिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्