झापा , साउन ३० । मोरङको पथरीशनिश्चरेमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

पथरीशनिश्चरे-५ जयनगरका ६४ वर्षीय हर्कजंग लिम्बूको कुटपिटले उनकी श्रीमती ६३ वर्षीया कणर्माया लिम्बूको मृत्यु भएको हो । घयसायी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कणर्मायालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले बताए । उनका अनुसार कुटपिटबाट घाइते भएकी कणर्मायालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलले सोमबार रेफर गरेपछि परिवारका सदस्यले थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेका थिए । उपचारकै क्रममा राति १० बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलले बताए । घटनामा संलग्न हर्कजंगलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने प्रनि पोखरेलको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्