झापा, साउन ३१ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको कमल ५ पाडाजुँगीमा भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नं को भारतीय नम्बर प्लेट भएको कारले विपरित दिशातर्फ आइरहेको मे ७ प ४६४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल ४ का ६७ बर्षिय डोरप्रसाद खनालको मृत्यु भएको हो ।

हिजो बेलुका ७.१५ बजे भएको सो दुर्घटनाका घाइते खनाललाई उपचारका लागि दमकतर्फ लानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।खनालको शव तत्काल लाइफलाईन अस्पतालमा रहेको, कार चालक मोरङ बिराटनगर ७ बस्ने ३१ वर्षिय रुस्तम उप्रेती र दुवै सवारीसाधन ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्