झापा, साउन ३१ । हल्दिबारीका आमा– छोरीले एकै साथ कक्षा १२ को परीक्षा पास गरेका छन् ।

हल्दिबारी गाउँपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षक तुलसा खतिवडा दाहाल र उनकी छोरी सलोनी दाहालले कक्षा १२ को परीक्षासँगै उतीर्ण गरेका हुन् ।

आमाले तुलसाले लक्ष्मी मावि हल्दिबारीबाट परीक्षा दिएकी थिइन् भने छोरी सलोनीले एमरेल्ड एकेडेमी भद्रपुरबाट परीक्षा दिएकी थिइन् । आमा शिक्षा संकाय र छोरी व्यवस्थापन संकायबाट परीक्षामा सामेल भएका थिए । तुलसाको घर हल्दिबारी– २ पाराखोपी हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्