मेचीनगर, साउन ३२ । मेचीनगर–८ मा एकजनाको विभत्स हत्या भएको छ ।

मेचीनगर ८ का ४३ वर्षिय सुन्दर किसानको विभत्स हत्या भएको शव फेला परेको हो ।

हिजो बेलुका खाना खाएर उनी घरबाट निस्केका थिए । आज बिहान उनको शव फेला परेको हो । शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्