झापा, भदौ १ । विविध कारणले धरासायी बनेको अर्जुनधाराको पूर्वार्ध कृषि सहकारी संस्था लिमिटेडले पुनर्जीवन पाएको छ ।


निश्क्रिय रहेको सो संस्थाले झापा जिल्ला सहकारी संघको संयोजनमा सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व पाएको हो । निर्वाचन कार्यक्रमबाट पूर्वार्ध कृषि सहकारी संस्थाको अध्यक्षमा बुद्धशान्ति ३ का सागरबाबु उप्रेती र उपाध्यक्षमा अर्जुनधारा १ की उमा कट्वाल भण्डारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै ११ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा सुदर्शन खतिवडा बुद्धशान्ति ५, सरोज कार्की बिर्तामोड २, टिकाप्रसाद सिवाकोटी अर्जुनधारा ४ र हिमाल बजगाई बुद्धशान्ति २ रहेका छन् ।

यस्तै, अर्जुनधारा १ का डम्बरबहादुर प्याकुरेल, अर्जुनधारा ८ का सुनिल थापा, अर्जुनधारा १ का भुवनसिंह कट्वाल, अर्जुनधारा ८ का मेघनाथ भण्डारी र अर्जुनधारा १ का लक्ष्मी गजुरेल नेपाल संस्थाको सञ्चालक समिति सदस्य पदमा सर्वसम्मत चुनिएका छन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समिति पनि सर्वसम्मत चयन गरिएको छ । बिर्तामोड ५ का तारानाथ उप्रेती लेखा सुपरीवेक्षण समितिको संयोजक बनेका छन् भने सदस्यहरुमा बुद्धशान्ति २ का देवीभक्त भट्टराई र अर्जुनधारा १ का तेजकुमार काफ्ले चयन भएका छन् ।

झापा जिल्ला सहकारी संघले शिक्षक गुणराज लुइँटेलको संयोजकत्वमा जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्र र जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराई सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

अत्यन्त सम्भावनायुक्त भएर पनि विविध कारणले बन्द रहेको पूर्वार्ध कृषि सहकारी संस्थामा नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्वाचित भएपछि अब कारोबार सुरु हुनेमा सदस्यहरु विश्वस्त देखिएका छन् ।

पूर्वार्ध डेरी उद्योग सञ्चालन गरेको संस्थाले ७ बिगाह जमिन भाडामा लिएको छ । त्यस जमिनमा कागती खेती गरिएको छ । डेरी उद्योगका मेशिन औजारहरु अहिले पनि संस्थासँगै रहेका छन् । तिनको मर्मत गरी उद्योग सञ्चालन गर्न सक्ने बताइन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्