झापा , भदौ १ । कोसी प्रदेशसभाको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यही भदौ १० गतेभित्र तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रदेशसभाबाट पारित गराउनुपर्ने बाध्यता छ । तर, वर्तमान प्रदेश सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । यस्तै, मुख्यमन्त्री उद्धव थापाले भदौ १४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ । गएको असार १५ गते अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । त्यस दिन तत्कालीन मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बसेको थियो । तर, सरकारले विश्वासको मत पाएको थिएन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्