तेह्रथुम, भदौ २ । तेह्रथुमको म्याङलुङ नगरपालिका ३ स्थित नागदहमा करेन्ट लागेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ ।

घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए । घरको मूलढोका खोल्ने क्रममा विश्वकर्मालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्