झापा, भदौ २ आज बिहान झापाको शिवसताक्षी नगरपालिका– ८ झिलझिले बजारमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ ।

मोहन मैनालीको घरको पुजा कोठामा विद्युत सर्ट भई बिहान ७.४५ बजे आगलागी भएको हो । आगलागीबाट घरको एउटा फ्लाट नै जल्दा करिव ५० लाखबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कट्वालले बताए ।

स्थानीय , प्रहरी र दमकलको सहयोगमा बिहान ९.१५ बजे आगलागी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कट्वालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्