झापा, भदौ २ । उदयपुरको चौदण्डिगढी नगरपालिका-१० स्थित स्वर्गीय मदन भण्डारी स्मृति लोक राजमार्गमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको ना ६ त ६६१८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषाको मिथिला नगरपालिका-११ का १७ वर्षीय सुरज मगरको उपचारको क्रममा धरानको घोपा क्याम्पमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सम्बन्धित प्रहरी कार्यालयहरूले जनाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्