झापा, भदौ २ । आन्तरिक तथा बाह्य पर्यटकको सुबिधालाई मध्यनजर गर्दै बिर्तामोडमा पुरानो होटेलको रुपमा स्थापित होटल हिकोलाले नवौं वर्ष प्रवेश गरेको अवसरमा विभिन्न अफरहरु ल्याएको छ ।

आठौं वर्षबाट नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रूममा १५ प्रतिशत छुट र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको हो । यो अफर योजना तीन महिनाका लागि लागू हुनेछ ।

२०७२ साल भदौं ४ गतेदेखि सञ्चालनमा आएको होटलले यही भदौं ४ गते बिभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने भएको छ । होटलको स्थापना दिवसको अवसरमा भदौं ४ गते पर्यटन प्रवर्द्धनका लागि साहित्य, संगीत, कला, भाषा, संस्कृतिको भूमिका बिषयक कार्यक्रम गरिने सञ्चालक देबीभक्त श्रेष्ठले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।नवौं वर्ष प्रवेशको अवसरमा उनले होटलका रुमहरु फरक–फरक डिजाइनमा डेकोरेशन गरिएको , कोभिडका कारण बन्द रहेको बार पुनः संचालनमा ल्याउन लागेको ,निःशुल्क रुपमा तातो पानी र चिसो पानीको व्यवस्था गर्न लागेको, प्लाष्टिक वस्तुलाई पुनर्पयोग नगर्ने निर्णय गरिएको जानकारी दिए । अब निकट भबिष्यमा नै सुबिधासम्पन्न कफी क्याफे संचालनमा ल्याउने संचालक श्रेष्ठले जानकारी दिए । यस होटलमा इन्डियन, कन्टिनेन्टल, चाइनिज, थकालीलगायतका खानाहरुको उपलब्धतासंगै पारिवारिक वातावरणसहितको रेस्टुरेन्ट रहेको होटलका प्रवन्ध निर्देशक गौरव श्रेष्ठले जानकारी दिए । उनले भीआइपी बार तथा सुविधासम्पन्न रूमहरु, ब्यवस्थित कार्यक्रम हल रहेको बताउँदै त्यसबाहेक २०७५ चैत्र २५ देखि स्पा र ज्याकुजीसहितको युनिसेक्स सलोन संचालन गरिरहेको जानकारी दिए ।

सुविधा र पूर्वाधारयुक्त होटलले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने भएकाले यहि कुरालाई मध्यनजर गर्दै पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ होटल हिकोला हेरिटेज स्थापना भएको संचालक श्रेष्ठको भनाइ छ । आठौं वर्ष पुरा गरी नवौं बर्षमा प्रवेश गरिरहँदा यो अवधिमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, राजदूत, राजनीतिज्ञ, धार्मिक तथा आध्यात्मिक व्यक्तित्वहरु, साहित्य संगीत र कला क्षेत्रका मुर्धन्य व्यक्तित्वहरु , सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, रंगकर्मी, पर्यटन ब्यवसायी, सिनेमा क्षेत्रका अभिनेता, अभिनेत्रीहरु, चिकित्सकहरु, उद्योगी ब्यबसायी, संचारकर्मी, शिक्षासेवी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको आफ्नो होटलमा आगमन भएको संचालक श्रेष्ठले जानकारी दिए ।

२०७६ माघ २६ देखि काँकरभिट्टामा होटलको पहिलो शाखा संचालनमा रहेको छ । पर्यटन उद्योगको रूपमा २०४२ सालमा हिकोला कलर ल्याबबाट सुरु गरिएको आफ्नो ब्यबसाय अनुपमा ट्राभल्स हुँदै होटल ब्यवसायसम्म आइपुगेको श्रेष्ठले विगत सुनाए । कृषि पर्यटनका लागि मेचीनगर नगरपालिका–१ हिलेधापमा पाथिभरा कृष्णथुम्की कृषि तथा पर्यटन उद्योग प्रालिको नाममा ५ बिगाह जग्गा खरिद गरेको समेत सञ्चालक श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा होटलका मेनेजर विवेक बराल, साहित्य चौतारीका अध्यक्ष हस्त परियार, कोषाध्यक्ष भवानी गौतम, सल्लाहकार कृष्ण पौडेल, सुनिता तामाङ, कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्