बिर्तामोड, भदौ ३ । संभवतः बिर्तामोड नगरपालिकाकै सबैभन्दा उमेर भएकी वयोबृद्धा बिर्तामोड –२ चैतुबारीकी १०३ बर्षिया डालोसरी राजवंशीको निधन भएको छ ।

गएराति ८ बजे उनको निधन भएको हो ।उनका तीन छोरा सहदेब,गौरी र सानु राजवंशी रहेका छन् । उनको आज बिहान ११ बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्