झापा , भदौ ४ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरका एक युवक पक्राउ परेका छन् ।

हिजो बिहान ११ः४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.६ तुर्केनीमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर वडा नं.६ बद्री टोल बस्ने ३२ वर्षिय बसन्त राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्