झापा, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभाध्यक्ष इस्राइल मन्सुरीसहित गरी ४७ सांसदले समर्थन गरेका छन् ।

सभाध्यक्ष मन्सुरीले आफ्नो आसनबाटै मुख्यमन्त्री थापालाई मत दिएका हुन् ।
सभामा उपस्थित कूल सदस्य संख्या ७७ मध्ये थापाको पक्षमा ४७ पुगेको हो । योसँगै सभाध्यक्षले बराबरी भएमात्रै मत दिन पाउने संविधानको धारा १८६ मा व्यवस्था छ । संविधानको धारा १८६ को विपरीत सभाध्यक्षले मुख्यमन्त्रीलाई मत दिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्