झापा, भदौ ४ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दमकका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं.९ बस्ने ३० वर्षिय रमेश सिवा रहेका छन् । आज साँझ ५.३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेचीपुल अगाडी ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सिवालाई शंका लागेर चेकजाँच उनको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्