झापा , भदौ ५ । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएका छन्।

सिंहदरबारमा गएराति बसेको सर्वदलीय बैठकले सर्वदलीय समिति गठनमा सहमति जुटाएको हो। प्रहरीले गरिरहेको अनुसन्धानलाई असर नपर्ने गरी समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेको हो।

बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनकाण्डको विषयमा जाँचबुझ आयोग बन्ने र सीआईबीले पनि निरन्तर अनुसन्धान जारी राख्ने गरि सहमति जुटेको बताए। यसको सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।
मस्यौदा समितिमा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन्।
समितिले तयार पारेको मस्यौदामा आज दिउँसो २ बजे हस्ताक्षर गर्ने र ३ बजे हुने संसद्को बैठक सुचारु गर्ने सहमति भएको छ। सुन तस्करीमा उच्चस्तरीय छानबिनको माग गर्दै नेकपा एमालेले गत साउन १० देखि संसद अवरुद्ध पार्दै आएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्