झापा , भदौ ५ । बिर्तामोड ५ मा रहेको कोहेड एजुकेशन फाउन्डेशनका छात्र विकासकुमार शाहले कक्षा १२ मा ३.८२ जीपीए प्राप्त गरी विज्ञान संकायमा जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको दावी गरिएको छ ।

कचनकवल– ६ बनियानीमा रहेको कचनकवल विद्या मन्दिर मा.वि.की छात्रा अस्मिता देवानले पनि व्यवस्थापन संकायमा समान ३.८२ जीपीए ल्याएकी छन् ।

आफ्ना विद्यालयका छात्र विकासकुमार शाहले विज्ञान संकायमा ३.८२ जीपीए ल्याएको विद्यालयका प्रिन्सिपल सन्देश ओलीले बताए । उनले विज्ञान संकायबाटै सौरभ रिजालले ३.७१ र अनिश प्रसाईले ३.६६ जीपीए ल्याएको जानकारी दिए । त्यस्तै व्यवस्थापन संकायमा कोहेडका विवेक लिम्बूले ३.६२ जीपीए ल्याएका छन् । यस वर्षको कक्षा १२ मा कोहेडका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल ओलीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्