झापा , भदौ ७ । बाराको चुरियामाईमा काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको तीर्थालु बोकेको बस सडकबाट ५० मिटर तल पल्टिँदा एक जना नेपालीसहित छ जना भारतीय नागरिक गरी ७ जनाको मृत्यु भएको छ । अन्य १९ जना घाइते छन् ।

मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस पल्टिँदा महोत्तरी जिल्ला लोहारपट्टीका विजय पण्डित र ६ जना भारतीय नागरिकको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार मृत्यु हुने भारतीय नागरिकहरुमा राजस्थानका श्रीकान्त चतुर्वेदी, बहादुर सिंह, सत्यवती, मीरा देवी, राजेन्द्र चतुर्वेदी र वैजनती देवी छन् । उनीहरू ६० वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको उनले बताए ।

जनकपुर–७ का जिलामी खानसहित उनका सहयोगी सहचालक अन्य २ जना गरी ३ जनालाई प्रहरीले जनकपुरबाट घाइते भएको अवस्थामा नियन्त्रणमा लिएको छ । बिहीबार बिहान २ बजे बस दुर्घटना भएको हो । घाइतेहरूको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । तीव्र गतिमा रहेको बसका चालक निदाएकोले दुर्घटना हुन सक्ने अनुमान गरिएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । घटनास्थलबाट चालकको मोबाइल बरामद भएपछि अरू विवरण भेटिएको प्रहरीले जनाएको छ । बसमा चालक दलका ३ जनासहित २७ यात्रु बसमा थिए । उक्त बस चुरियामाई मन्दिरबाट सय मिटर दक्षिण तर्फको खोलामा खसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्