भद्रपुर, भदौ ७ । हल्दिवारी –२ स्थित हल्दिवारी माविकी छात्रा करुणा विश्वकर्माले माध्यमिक तह कक्षा १२ को परीक्षामा पालिकाकै उत्कृष्ट अंकका साथ प्रथम भएको दावी गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको परीक्षाफल अनुसार विश्वकर्माले कक्षा १२ को परीक्षामा ३.७१ अंक प्राप्त गरी पालिका प्रथम भएको प्रधानाध्यापक टंकबहादुर पाख्रिनले दावी गरेका हुन् ।

व्यवस्थापन संकायमा अध्ययनरत विश्वकर्माले हल्दिवारी गाउँपालिकाभित्र सञ्चालनमा रहेका माध्यमिक विद्यालयका सबै विद्यार्थीलाई उछिनेर प्रथम भएको विद्यालयको दावी छ ।
कक्षा १२ सम्म अध्ययन गर्दा विश्वकर्मा लगनशील र मेहनती भएकाले परीक्षाफल राम्रो आएको प्रधानाध्यापक पाख्रिनको भनाइ छ ।

करूणाले सरकारी विद्यालय भएपनि पठनपाठनमा राम्रो वातावरण पाएकाले उत्कृष्ट परिणाम ल्याउने अवसर मिलेको बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्