झापा, भदौ ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसंगलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए । ‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएको थियो’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘अहिले पनि मानेको छैन । तर, कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’ गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उनले आरोप लगाए । उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे–जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताए ।

उनले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने उनको दाबी छ । देशको आर्थिक विकास गर्नका लागि दलहरु मिल्नु पर्ने समेत उनले बताए ।
सरकारले गिरीबन्धु टि इस्टेटको कुरा निकालेर चिल आयो चिल आयो भनेर कुखुरा चोर्ने काम मात्रै गरिरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्