भद्रपुर, भदौ १० । झापाको सदरमुकाम चन्द्रगढीको पहिचान बचाउने उद्धेश्यले पहिचानसहितको स्तम्भ राखिने भएको छ ।


देशमा गणतन्त्रको स्थापना भएपश्चात् स्थानीय तहहरुको पुनःसंरचना भएसंगै साविक चन्द्रगढी गाविस भद्रपुर नगरपालिकामा समायोजन भएको र त्यसपछि चन्द्रगढीको अस्तित्व घट्दै गएको स्थानीयवासीहरुको गुनासो छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले आईतवार बोलाएको सर्वपक्षीय भेलाले चन्द्रगढीको पहिचान जोगाउन साविक चन्द्रगढी गाविस हालको भद्रपुर १०को वडा कार्यालय अगाडि चन्द्रगढीको पहिचानसहितको स्तम्भ राख्ने सर्वसम्मत निर्णय गरेको हो ।

केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न भेलामा भद्रपुर नगरपालिका वडा नं ७, ८ र १० का वडा अध्यक्षहरु क्रमशः अभिशेख ढुगाना,गौरब सुब्बा , टेकबहादुर खड्का काजी ,भद्रपुर ९ की वडा सदस्य मन्जु पोखरेल, चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष पुरुषोतम अधिकारीलगायतका सहभागीहरुले आ–आफ्ना सुझाव राखेका थिए । खड्गबहादुर बुढाथोकीले संचालन गरेको भेलामा समाजसेवी ज्योति रिजाल न्यौपाने ,सुशिला बस्नेत ,राजनीतिक दलहरुवाट खेम भट्टराई ,निरु संजेल, बिष्णु काफ्लेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्