झापा, भदौ ११ । झापामा चोरी डकैती गरी फरार दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका वडा नं. ११ घर भई हाल वडा नं. ७ करुणावस्ती बस्ने २४ वर्षिय भुन्टे भन्ने बुद्धबहादुर कार्की र सोही ठाउँका २९ वर्षिय शंकर राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमवार दुवैलाई पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको गत जेठ २१ गतेको फैसला अनुसार चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा उनीहरुलाई जनही ३८ दिन कैद, रु.८ हजार जरिवाना र रु.३२०।– प्रतिवादीले पीडित राहतकोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो ।
दुवैलाई झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्