झापा, भदौ १२ । निर्दयी बाबुआमाले झाडीमा फालेको एक शिशुको भद्रपुरमा उद्धार गरिएको छ ।

भद्रपुर–७ एमरेल्ड एकाडेमी छेउको झाडीमा शिशु फेला परेपछि उद्धार गरिएको स्थानीय डिल्लीराम पोखरेलले जानकारी दिए । आज साँझ फेला परेको शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

निर्दयी भएर झाडीमा शिशु फाल्ने बाबुआमाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले शिशु बेवारिसे अवस्थामा फेला परेपछि अस्पताल पुर्याएको थियो । प्रहरीका अनुसार शिशु सकुशल छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्