बिर्तामोड , भदौ १३ । पछिल्लो समय झापामा लागूऔषधको प्रयोग र कारोबार बढिरहेको अबस्थामा बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयले लागूऔषध नियन्त्रणका लागि अभियान संचालन गरेको छ ।

जनघनत्व धेरै भएको बिर्तामोड ३ मा एकैदिन चार जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेपछि वडा कार्यालयले नियन्त्रणका लागि अभियान संचालन गरेको हो । आज बिर्तामोड नगरपालिका कार्यालयमा पत्रकार सम्मेलन गरी बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीको विशेष पहल र योजनामा शुरु गर्न लागिएको सो अभियानमा बिर्तामोड नगरपालिका पनि जोडिएको जानकारी दिइएको छ । अभियानअन्तर्गत हरेक हप्ता कार्यक्रम संचालन गरिने भएको छ । पहिलो चरणमा वडाभित्र रहेका चारवटा विद्यालय र क्याम्पसमा कार्यक्रम गरिने भएको छ । त्यसपछि टोल विकास समितिहरुमा कार्यक्रम गरिने वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । कार्यक्रममा सुरक्षाकर्मी , स्वास्थ्यकर्मी , जनप्रतिनिधि तथा पूर्व प्रयोगकर्ताले प्रशिक्षण दिनेछन् ।
त्यस्तै बिर्तामोड ३ मा रहेका ३० वटा टोलको सबै विवरण सुरक्षित गर्ने , पेशा र व्यवसायसहितको सबैको परिचय खुल्ने विवरण अनिवार्य गर्न लगाइने उनले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले लागूऔषधको समस्या भयावह रुपमा बढिरहेकाले स्थानीय तहहरुले पूर्वाधार विकासमा मात्र जोड नदिई मानवीय विकासका कार्यक्रम पनि गर्नुपर्ने बताए । उनले यसै आर्थिक वर्षदेखि बिर्तामोडमा सूर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइने जानकारी दिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले प्रहरी प्रशासनले मात्रै लागूऔषध नियन्त्रण गर्न नसक्ने भन्दै यसमा समाजका हरेक तह र तप्काका मानिसहरु लाग्नुपर्नेमा जोड दिए । उनले बिर्तामोडमा लागूऔषधको अबस्थाबारे जानकारी दिँदै लागूऔषधको प्रयोग विगतको तुलनामा बढ्दै गएको जानकारी दिए । कार्यक्रममा बिर्तामोड नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले पनि बोलेका थिए ।

बिर्तामोडमा लागूऔषधको अबस्था

वडाध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य हरि बास्कोटा र संचालन वडा सचिव भीम अधिकारीले गरेका थिए । कार्यक्रममा वडा सदस्यहरु धनसरी राजवंशी , लक्ष्मी रोक्का , भागीमान लिम्बू , प्रहरी चौकी बिर्ताबजारका व्यवस्थापन समिति अध्यक्ष विरन कोइराला , इन्चार्ज असई टीकाराम कार्कीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्