झापा , भदौ १४ । नेपाली महिला राष्ट्रिय टिमले बिहीबार वुमेन्स ट्वान्टी–२० विश्वकप छनोटमा मलेसियामाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । यो जितपछि नेपालको दुई अंक भएको छ ।


मलेसियाको बायोमास मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्यसामू मलेसियाले २० ओभर उपयोग गर्दै नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई –दुई विकेट लिए ।

त्यसअगाडि नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा छ विकेट गुमाएर ८४ रन बनाएको थियो । त्यसमा सीता रानागमरले ३८ बलको योगदान दिइन् । यस्तै, अप्सरी बेगमले १७ र कप्तान रुबिना क्षेत्रीले १२ रन बनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्