झापा, भदौ १५ । जङ्गली च्याउ खाँदा बझाङमा दुई बालबालिकाको मृत्यु भएको छ ।

जङ्गली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतकी–७ वर्षीया छोरी सञ्जिला र ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।

सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बुधबार बीच बाटोमै ज्यान गएको थियो। सुदीपको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे मृत्यु भएको जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताए।

उनीहरूले बुधबार बिहान घरमाथिको लेकबाट ल्याएको बिषालु जंगली च्याउ खाएका थिए। आमा पुनी कठायतको अवस्था भने सामान्य रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्