झापा, भदौ १५ ।झापाका अग्रज पत्रकार दिपेन राई ( दिपेन्द्र) प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् ।

लामो समयदेखि पत्रकारितामा गर्दै आएका राई हाल यलम्बर टाईम्सका सम्पादक प्रकाशक रहेका छन् । उनी झापामा तीन दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन् ।

दिपेनले आफू लामो समयदेखि माओवादी र तल्लो वर्गका भुइँमान्छेहरुको पक्षमा कलम चलाइरहेको भन्दै आफूलाई समाचार लेखेकै भरमा समेत तत्कालीन शाही सेनाले ब्यारेकमा लगेर बंकरमा पुरेको स्मरण गरे । पत्रकार दिपेनले यसवारेमा बंकर नामक पुस्तक समेत प्रकाशन गरेका छन् ।

राईलाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशका पूर्व अर्थमन्त्री इन्द्र आङ्बो मौसम, पूर्व मन्त्री शिवकुमार मण्डल केवट, पार्टीका केन्द्रीय नेता सावित्रीकुमार काफ्ले समर, पार्टीका झापा जिल्ला इन्चार्ज एवम प्रदेश सांसद राजेन्द्र कार्की, पार्टीका केन्द्रीय सदस्य हरि राना, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली, प्रेस सेन्टरका प्रदेश सदस्य डिकेश लामा, जिल्ला अध्यक्ष राजु पाठकलगायतले स्वागत गरेका थिए । राईलाई केन्द्रीय कमिटीमा विशेष जिम्मेवारीमा लैजाने तयारी गरिएको कार्यक्रममा जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्