झापा, भदौ १६ । कनकाई नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव दुई दिनपछि भेटिएको छ ।

कनकाई–४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव आज दिउँसो १२.१५ बजे भेटिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । उनले डुबेको ठाउँदेखि करिव ५ सय मिटर दक्षिण श्रेष्ठको शव फेला परेको जानकारी दिए । सर्जमिन मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता भएका श्रेष्ठको सोही दिनदेखि नै खोजी कार्य जारी राखिएको थियो । आज बिहानैदेखि स्थानीयबासीसहित जिल्ला प्रहरी कार्यालय विपद व्यवस्थापनको टोलीले नदीमा श्रेष्ठको खोजी गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्