झापा , भदौ १६ । अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन्। अगस्ट ३१ मा उनले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेकी हुन्।


शनिबार सामाजिक सञ्जालमार्फत उनले गुलाटीसँग बिहे गरेको जानकारी दिएकी छन्। उनले सामाजिक सञ्जालमा पतिसहितको तस्बिर सार्वजनिक गरेकी हुन्। लामो समयदेखि पछ्याइरहेको प्रश्नले अब जवाफ पाएको पनि उनले उल्लेख गरेकी छन्।

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो ‘’निरूता जी बिहे कहिले गर्ने?’ भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु। तपाईंहरूको निरुता सिंहले गत बिहीबार (अगस्ट ३१) को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्