कुमरखोद भदौ १७ । झापाको मध्य भाग भएर बग्ने कन्काई नदीले झापा गाउँपालिकामा कटान शुरु गरेको छ । पानीको बहाव घटेसँगै नदीले तीव्र रुपमा कटान शुरु गरेको हो ।


झापा गाउँपालिका वडा नं २ कुवाडी गाउँदेखि करिव ७०० मिटर पश्चिममा रहेको कन्काई नदीको मुख्य बहाव गाउँतिर फर्केको छ । गाउँतिर नदीको बहाव फर्केपछि गाउँवासीहरु नै त्रसित बनेका छन् । नदीको बहाव पहिले पश्चिमी धार भएर बग्थ्यो भने अहिले आएर कटान गर्दै पूर्वी धार बनाएर बगिरहेको छ । नदीले तीब्र रुपमा कटान शुरु गरेपछि अस्थायी रुपमा पानीको बहावलाई रोक्नका लागि जनताको तटबन्ध गैंडेसँग समन्वय गरी स्थानीयवासी , नेपाल प्रहरी , सशस्त्र प्रहरी र जनप्रतिनिधि मिलेर अहिले बाँसको पाईलिङ गर्ने काम धमाधम भईरहेको वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाईले बताए। वडाध्यक्ष चम्लागाईले नदीको बहावलाई समयमै रोकथाम गर्न नसके बाढी आयो भने भविष्यमा ठूलो क्षति हुने खतरा औल्याएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्