झापा, भदौ १७ । प्रथम बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोड ४ को ११ औ स्थापना दिवसको अवसरमा संस्थाले रक्तदान कार्यकम बनियानीमा सम्पन्न गरेको छ ।

कार्यक्रममा ३ महिला र ४८ पुरुष गरी ५१ जनाले रगत दान गरेका थिए । बनियानी युवा परिवार र कचनकवल विद्या मन्दिरको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका रेमिट विभाग प्रमुख अर्जुन चम्लागाई र प्रमुख आतिथ्य कचनकवल गाउँपालिका वडा न ६ का वडाध्यक्ष चिन्तामणि खरेलले गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व , स्थानीय गरी करिब ३५० जनाको उपस्थिति रहेको थियो कार्यक्रमको संचालन तथा ब्यबस्थापन बनियानी सेवाकेन्द्रका प्रमुख गोपाल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्