बिर्तामोड, भदौ १८ । बिदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि जेनियुन एजुकेशन एण्ड भिसा सर्भिसेजले एजुकेशन फेयर सञ्चालन गर्ने भएको छ ।

अष्ट्रेलियाको मेलवर्न शहरमा मुख्य कार्यालय रहेको सर्भिसेजले नेपालमा रहेका पाँचवटा शहरका शाखा कार्यालयमा एकदिने एजुकेशन फेयर आयोजना गर्ने भएको हो ।

सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जेनियुन एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक तथा बिर्तामोड शाखा प्रोप्राइटर लक्ष्मीकान्त खनालले अभिभावक र विद्यार्थीलाई अझ सहज ढंगबाट अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजहरुबारे जानकारी दिने उद्धेश्यले एक दिने एजुकेशन फेयर सञ्चालन गर्न लागेको जानकारी दिए ।

यही भदौ २१ गते दमक, भदौ २२ गते इटहरी, भदौ २३ गते बिर्तामोड, भदौ २९ गते चितवन र असोज ३ गते काठमाडौं शाखामा एक÷एक दिने एजुकेशन फेयर गरिने भएको हो । जेनियुनले अहिलेसम्म ६०० भन्दा बढी विद्यार्थीहरुलाई अष्ट्रेलियासहितका देशहरुमा अध्ययनका लागि सहजीकरण गरिसकेको निर्देशक खनालले जानकारी दिए ।

अष्ट्रेलिया अध्ययनका लागि कलेज तथा विश्वविद्यालयहरु, शिक्षण शुल्क, बसोबास, हावापानी, रहनसहन, परिवर्तित कानूनलगायतका विषयमा जानकारी दिने उद्देश्यले एजुकेशन फेयर आयोजना गरिएको जनाइएको छ । एजुकेशन फेयरका लागि सम्बन्धित विश्वविद्यालय तथा कलेजका सञ्चालक र प्रतिनिधिहरुबाट सहजीकरण हुने बताइएको छ । पत्रकार सम्मेलनमा बिर्तामोड शाखा ब्यवस्थापक बिनोद खनाल, कम्प्युटर एशोसिएसन महासंघ (क्यान) झापा शाखाका अध्यक्ष कृष्णप्रसाद घिमिरेलगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्