झापा, भदौ २२ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ।


मलेसियाको बांगीस्थित यूके एम ओभलमा नेपाल ४८ रनले पराजित भएको हो।
थाइल्याण्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ५९ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको हो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनाएको थियो।


समूह चरणमा मलेसियालाई ५ रनले पराजित गरेको नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्