बिर्तामोड, भदौ २२ । बिर्तामोड ३ का युवालाई समेट्दै सामाजिक कार्यमा सक्रिय बनाउन अनारमनी सोसियल युथ क्लव गठन भएको छ ।

अनारमनी सोसियल युथ क्लब

हिजो बिर्तामोड नगरपालिकाको सभाहलमा भएको युवाहरुको भेलाले राज मुखियाको अध्यक्षतामा अनारमनी सोसियल युथ क्लब गठन गरेको हो । बिर्तामोड क्षेत्रमा देखिएको लागूऔषध दुर्व्यसनीदेखि फोहोरमैला व्यवस्थापन, ग्रिन बिर्तामोड, स्वास्थ्य सचेतना, खेलकुदलगायतका क्षेत्रमा काम गर्ने लक्ष्यका साथ क्लब गठन गरिएको वडाध्यक्ष मदन बुढाथोकीले बताए । क्लब गठनसंगै विभिन्न उपसमितिसमेत गठन गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

उपसमितिका संयोजकहरु अनारमनी सोसियल युथ क्लबको सदस्य रहने नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सदस्य सजेश सिवाकोटीले जानकारी दिए । उपसमितिका संयोजकहरुमा कुमार सुवेदी, अभिषेक राजवंशी, दिनेश मैनाली, सव्दर अन्सारी, रुमिला श्री न्यौपाने, संजय पौडेल, सौगात माझी, आकाश खड्का, कृष्ण राजवंशी, सौगात नविन विमली, गौरी न्यौपाने, कृष्ण बाराकोटी, जगन्नाथ भट्टराई, राजकुमार ओलीसहितलाई समेटेर १५ सदस्यीय क्लबको समिति निर्माण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्