झापा भदौ२२ । झापामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ४ टाङटिङ बस्ने २३ वर्षीय विवेक अधिकारी रहेका छन् ।

प्रहरीका अनुसार अधिकारीले ती बालिकालाई सोही ठाउँस्थित टाङटिङ खोलाको डिल नर्सरी घारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्